पश्चिम सेती अभियन्ताले भेटे सभापति देउवासँग , संसदमा कुरा उठाउने प्रतिवद्धता

काठमाडौं, माघ २६ । सुदूरपश्चिममा प्रस्तावित पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। उनीहरुले देवासँग भेटी पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन आग्रह गरेका छन् ।

काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभियान्ताले पश्चिम सेतीका लागि आवाज उठाउन आइतबार सभापति देउवासँग आग्रह गरे ।

सुदूरपश्चिमबाट उदाएर केन्द्रीय राजनीतिमा सक्रिय रहेका देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए। भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ। पश्चिम सेतीको अन्योलका कारण स्थानीय गाउँहरू विकासबाट वञ्चित रहेको गुनासो गरिएको छ।

पश्चिम सेती जलविद्युत् परियोजना यति बेला अलपत्र अवस्थामा रहेको छ । यसका लागि यति बेला यो अभियान काडमाडौंकमा केन्द्रित भएर अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्