बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो छ :कांग्रेस नेता कोइराला
काठमाडौं , माघ २५ । कांग्रेस नेता डा. शेखर कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको आरोप लगाएका छन ।
ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १ सय ७५ जनाबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका कोइरालाले पार्टीको आडभरोसामा केही व्यक्तिलाई उन्मुक्ति दिइएको दावी समेत गरे ।
‘पूर्वाग्रह देखिने गरी गरिएको यो निर्णयले अख्तियारको विश्वसनियता र संबैधानिक स्वायत्ततामाथी नै प्रश्न उठाइदिएको छ’ कोइरालाले भने ‘यो लोकतन्त्र र देशका लागि नै दूर्भाग्यपूर्ण हो ।’
अख्तियारले पूर्वाग्रही भूमिका खेलेको भन्दै कांग्रेसले बिहिबारदेखि नै संसद अवरुद्ध गर्दै आएको छ भने सडक आन्दोलन अझ चर्काउने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्