नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य, डेब्यु खेलमै कुशलको अर्धशतक
काठमाडौं, माघ २५ । आईसीसी विश्वकप क्रिकेट लीग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई जीतका लागि १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९० रन जोड्यो ।नेपालको लागि डेब्यू खेलाडी कुशल मल्ल र विनोद भण्डारीले अर्धशतकीय पारी खेले ।
विनोदले सर्वा्धिक ५९ रन बनाए भने कुशलले ५० रन जोडे ।
प्रतिक्रिया दिनुहोस्