बालुवाटार जग्गा प्रकरण: गच्छदारको प्रश्न: ’९ करोड मैंले कहाँबाट ल्याऊँ ?’

काठमाडौं, माघ २५ । पार्टीलाई बदनाम गराउन सरकार सुनोयोजित रुपमा लागेको भन्दै कांग्रेसले त्यसविरुद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ ।संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए। ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ? ,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें । कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो ।’

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए । ‘यो पार्टीको विषय हो । पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन । ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’ (अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्