छैटौँ नेपाल एपीफए फुटबल प्रतियोगिता: आयोजक नेपाल एपीएफ स्कुलको लगातार दोस्रो जित

काठमाडौं, माघ २४ । छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आजे ४ खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले जेम्स स्कुललाई ३—१ गोल अन्तरले पराजित गरेको छ ।

ब्राईट होराईजन चिल्ड्रेन होमलाई विजयी गराउन गोरा बहादुर ऐडीले ह्याट्रीक गरेका थिए भने प्रम्शु जोशीले जेम्स स्कुलको तर्फबाट १ गोल गरे ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा लिटल एन्जल्स स्कुल हात्तिबनले न्यू भिजन एकेडेमीलाई ९—० को फराकिलो अन्तरले पराजित गरेको छ । लिटल एन्जल्स स्कुललाई विजयी गराउन लक्क्ष महर्जनले ४ गोल, कासर रावलले १, बर्गब सिलवालले २, प्रसिद्ध घलेले १ र सुवर्ण बस्नेतले १ गोल गरेका थिए ।

आजै सम्पन्न तेस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले साल्भिनिया एकेडेमीलाई १०—० को फराकिलो अन्तरले पराजित ग¥यो । सैनिक आवासिय महाविद्यालयको तर्फबाट आयुष फुयालले २, विमर्स थापाले ४, विमर्स विष्ट १ र सुसान्त सापकोटाले ३ गोल गरेका थिए ।

त्यसैगरी आज भएको अन्तिम खेलमा आयोजन नेपाल एपीएफ स्कुलले रिब्स स्कुल सतुङ्गललाई ४—० गोल अन्तरले पराजित ग¥यो । आयोजक टिमलाई विजयी गराउन सुरज खत्रीले ३ र सुलभ सेनले १ गोल गरेका थिए ।

त्यसैगरी भोली पनि विभन्न लिग चरणका खेलहरु हुने भएका छन् । जस अनुसार १. राराहिल मेमोरियल स्कुल विरुद्ध पुष्प सदन बोडिङ्ग हाई स्कुल , २. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध एम्ब्रोसिया ईन्टरनेशनल स्कुल ,३. बाघ भैरव बोडिङ्ग स्कुल विरुद्ध हारति शिक्षा मन्दिर र ल्याबोटरी मा.वि. विरुद्ध न्यू भिजन एकेडेमी बीच खेल हुने भएको छ । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा प्रतियोगीता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्