ए डिभिजन लिग: संकटालाई पराजित गर्दै थ्रीस्टार तेस्रो स्थानमा

काठमाडौं, माघ २४ । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले संकटा क्लबलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कप्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा थ्रीस्टारले संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। थ्रीस्टारको जितमा अनन्त तामाङले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्रीस्टारका लागि लागि खेलको ६१औं मिनेटमा डिफेन्डर अनन्तले गोल गरे। यो गोलसँगै थ्रीस्टारले संकटाविरुद्ध १–० गोलको अग्रता बनाएको थियो। आफ्नो अग्रतालाई कायमै राख्दै संकटामाथि थ्रीस्टारले संघर्षपूर्ण जित निकालेको हो।

यो जितपछि थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ। ११ खेलबाट ६ खेलमा जित, २ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोरको थ्रीस्टारको २० अंक छ। पराजित संकटाको ११ खेलबाट १५ अंक छ।

लिगको शीर्ष स्थानमा भने विभागीय टिम त्रिभुवन आर्मी रहेको छ। आर्मीको ११ खेलबाट २६ अंक हुँदा दोस्रो स्थामा रहेको मछिन्द्र क्लबको २५ अंक छ। लिगको चौथो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १० खेलबाट १९ अंक छ।

प्रतिक्रिया दिनुहोस्