नेता नेपालले भने -ललिता निवास प्रकरणमा म दोषी छैन

काठमाडौं, माघ २४ । यति बेला बालुवाटार जग्गाको विषयले मिडिया तातेको छ ।  (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यसै विषयलाई लिएर विभन्न नेता तथा कार्यकर्ताले आ आफ्नो टिपण्णी गरिहेका छन् ।

यता नेपाली कांग्रेसका नेताले सरकारले यस मुद्दामा विभेद गरेको भन्दै आपत्ति जनाएको छ । यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।

नेता नेपालले आफू दोषी नभएको र अपराधी पनि नभएको बताएका छन् । उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ भएको बताउँदै आफ्नो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय नभएको पनि बताए ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने भन्दै नेता नेपालले निर्दोष पनि पर्न नहुने बताए ।ललिता निवास प्रकरणमा अख्तियारलाई छानविन गर्न दिनुपर्ने भन्दै नेता नेपालले यो कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको नभएको र त्यसो भन्न नमिल्ने बताए ।

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्