सरकराले भन्यो- बालुवाटार जग्गा प्रकरणमा कसैलाई भेदभाव गरिएको छैन

ठमाडौं, माघ २३ । सरकारले देशका विभिन्न ५ गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।

औद्योगिक ग्राम घोषणा भएका गाउँमा डोटीको जऊराय गाउँपालिका वडा नम्बर २, बझाङको तलकोटा गाउँपालिका वडा नम्बर ६ र ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६ छन्।यसैगरी, स्याङ्जाको चापाकोटा नगरपालिका वडा नम्बर ९ र स्याङ्जाकै गल्याङ नगरपालिका वडा नम्बर १ औद्योगिक ग्राम घोषणा भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण लाल र श्वेत फित्ताको कुरा नभई कानूनी कुरा भएको बताएका छन् ।आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए । उनले भने, ‘यहाँ लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार भएको छैन। यो कानुन प्रयोजनको कुरा हो।’

 

प्रतिक्रिया दिनुहोस्