छैटौं नेपाल एपीएफ स्कूल कप आधारभूत स्तर आमन्त्रित फुटबल प्रतियोगिता सुरु

काठमाडौं ।  छैटौं नेपाल एपीएफ स्कूल कप आधारभूत स्तर आमन्त्रित फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल एपीएफ स्कुल, कीर्तिपुर-4 काठमाण्डौँले प्रतियोगीता हिजोबाट सुरु गरेको हो ।

उक्त प्रतियोगितामा उपत्यकाका 17 र काभ्रेको 1 टिम गरी जम्मा 18 ओटा टिमहरु रहेका छन् ।

हिजो भएको  उद्‍घाटन समारोहमा यस विद्यालयका प्रधानाचार्य  युवराज पराजुली र विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक समेनन्द बज्राचार्यले सयुक्त रुपमा म्याच रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको समुद्‌घाटन गर्नुभएको छ । ।

उक्त प्रतियोगितामा कक्षा 8 सम्म अध्ययन गर्ने Under 14 Age का विद्यार्थीहरु बिच League cum knockout आधारमा खेल संचालन गराईएको छ ।

फुटबल प्रतियोगितामा जम्मा 40 ‌ओटा खेलहरु संचालन हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्