ए डिभिजन लिगः सरस्वतीलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २३ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रले सरस्वती युथ क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। मछिन्द्रको जितमा दीपक राईले २ गोल गर्दा विशाल राई, देवेन्द्र तामाङ, अडेलजा सोमिड र एन्ड्रेस नियाले गोल गरे।

जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक भएको छ। दोस्रो स्थानमा रहेको आर्मीको भने १० खेलबाट २३ अंक छ।यता, सरस्वती क्लब भने रेलिगेसन नजिक छ। ११ खेल खेलेको सरस्वतीको मात्र ४ अंक छ।

प्रतिक्रिया दिनुहोस्