प्रहरी र आन्दोलनकारी बीच धनकुटामा झडप

काठमाडौं । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाइनु पर्ने माग राखेर आन्दोलन गरिरहेका धनकुटावासी र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा ३ जना घाइते भएका छन् ।

झडपको अबस्थालाई नियन्त्रणमा लिनको लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ साथसाथै लाठी चार्ज समेत गरेको छ ।
यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका, अनुसार आगजनीबाट कार्यालयको कम्प्यूटर दुई थान, प्रिन्टर लगायतका थुप्रै अन्य सामग्रीहरु जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्रमा समेत तोडफोड गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी धनकुटाका प्रेमप्रकाश उप्रेतीका अनुसार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयहरु तोडफोड गर्न थालेपछि त्यो अवस्थालाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षविच झडप भएको बताए । उप्रेतीका अनुसार अहिले अवस्था सामान्य हुदै गइरहेको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्