सिद्धार्थ इन्सुरेन्सको नाफामा सुस्त सुधार हुँदै, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं , माघ २३ । सिद्धार्थ इन्सुरेन्सले चालु आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमाससम्म १० करोड ५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.१८५ ले धेरै हो । गत वर्ष यसले ९ करोड २० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बिमा कोष २०.६६५ बढेर ७२ करोड ३२ लाख ४२ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि ८.५६५ ले बढेको छ प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ५२ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्