प्रभु बैंकले ल्यायो एकैपटक ३ वटा शाखा कार्यालय संचालनमा
काठमाडौं, माघ २२ ।प्रभु बैंकले एकैपटक ३ वटा शाखा कार्यालय विस्तार गरि संचालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा शाखा कार्यालय विस्तार गरि संचालनमा ल्याएको हो ।
बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्धघाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरे।
यस्तै पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका सोही वडाका वडाध्यक्ष लेख बहादुर तामाङले गरे। त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले गरे।
ती बैंकका शाखा कार्यालयहरु उद्धघाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारीलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्