हिमालयन जनरल इन्सुरेन्सको लाभांश संशोधन

काठमाडौं, माघ २२ । हिमालयन जनरल इन्सुरेन्सको पूर्वघोषित लाभांश दर संशोधन गरिएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले अब गत आर्थिक वर्षको नाफाबाट ४५ बोनस र ३.७५ प्रतिशत नगद गरी कुल ७.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नियामक बिमा समितिको निर्देशन अनुसार लाभांश दर परिमार्जन गरिएको हो । अब लगानीकर्ताले यसअघि प्रस्तावित भन्दा केही कम लाभांश पाउने भएका छन् ।

यसअघि कम्पनीको पुस १५ गते बसेका सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५५ बोनस सेयर र ५.५५ नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

यस आधारमा पूर्वघोषित अनुपातमा १५ बोनस र १.७५प्रतिशत नगद लाभांश गरी कुल २.७५प््तिशत लाभांश घटेको देखिन्छ । नयाँ प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्