प्राइम लाइफ इन्सुरेन्सको नाफा बढ्यो, कति कमायो त खुद नाफा ?

काठमाडौं, माघ २२ । प्राइम लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ६० लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७२.३८५ ले धेरै हो । गत वर्ष प्राइमले ९ करोड ५ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस्तै, प्राइमले खुद बिमा शुल्क पनि २९.२९५ ले बढाएर १ अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष १ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस त्रैमास सम्ममा कुल ३० करोड ३७ लाख २१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल १ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । प्राइमले जीवन बिमा कोष पनि ३१.८०५ ले बढाएर १० अर्ब १३ करोड ५४ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जीवन बिमा कोषमा ७ अर्ब ६८ करोड ९७ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

महाविपत्ति कोषको लागि पनि १२ करोड ८९ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ । चुक्ता पुँजी २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ रहेको प्राइम लाइफको रिजर्भ कोषमा १ अर्ब ४ करोड ४७ लाख ८१ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्