मेस्सीले पेनाल्टी चुकाउँदा बार्सिलोना पराजित

बार्सिलोना (एजेन्सी) । कोपा डेल रे अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा काटालान डर्बिमा इस्प्यानोलको घरेलु मैदानमा बार्सिलोना १–० ले पछि परेको हो ।

दोस्रो हाफमा लियोनल मेस्सीले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहार रियलका पूर्व गोल किपर डिएगो लोपेजले बचाएका थिए ।

त्यस्तै इस्प्यानोलका २० वर्षीय एकेडेमीका मिडफिल्डर ओस्कार मेलेन्डोले ८८ औं मिनेटमा निर्णायक गोल गरे । पहिलो लेगमा १–० ले पछि परेको बार्सिलोनाले २५ जनवरीको दोस्रो लेगमा नतिजा उल्टाउनु पर्नेछ ।

बार्सिलोनाले इस्प्यानोलसँग २००९ यता हार बेहोरेको थिएन । त्यस्तै कोपा डेल रेमा बार्सिलोना १९७० यता पहिलो पटक इस्प्यानोलसँग पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्