सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण होटलमा १५ प्रतिशत छुट

काठमाडौं, माघ २२ । सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण होटलमा १५ प्रतिशत छुट हुने भएको छ। सनराइज बैंक र होटल अन्नपूर्णबीच उक्त छुट दिनेगरी सम्झौता भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग्स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवनस्थित जगतपुर लज, तथा पोखरास्थित फिस्टेल लजमा खाना, बेकरी खाएपछि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुट दिइनेछ।

प्रतिक्रिया दिनुहोस्