कोरोनाभाइरसले थोरै ठेस लागेको छ: प्रचण्ड

काठमाडौं , माघ २२ । यति बेला चीनमा कोराना भाइरसको महामारी फैलीएको छ । यसको प्रकोपले एकै दिन ६५ जनाको ज्यान जानुका साथै २४ हजार भन्दा बढि संक्रमीत रहेका छन् । यसले गर्दा देशको अर्थतन्ध लगाएत अन्यमा असर परेको छ ।यता नेपालमा पनि पर्यटन वर्षमा असर परेको छ । भाइरसले गर्दा चीनीयाँ पर्यटक आउनै छोडेका छन् ।

यसैबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै असर पुर्‍याएको बताएका छन्।बुधबार पोखरामा विश्व शान्ति समारोह उद्घाटन गर्दै प्रचण्डले भने,‘हामी नेपाल भ्रमण वर्षमा छौं। चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ। तर यो छिट्टै नियन्त्रण हुन्छ।’

उनले नेपालमा कोरोनाभाइरस संक्रमित प्रमाणित रूपमा अहिलेसम्म कोही पनि नरहेको बताए। तर महामारी सबै मिलेर नियन्त्रण गर्नुपर्ने प्रचण्डको भनाइ छ।‘चीनले झण्डैझण्डै चमत्कारजस्तै गरेर अस्पताल बनाउने र भ्याक्सिन बनाउने काम गरिरहेको छ,’ उनले भने।

‘नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, त्रसित हुनुपर्ने स्थिति छैन। चीनमा पनि छिट्टै नियन्त्रणमा आउँछ र वातावरण सहज हुन्छ,’उनले थप भने।

साथै सरकारले चीनमा रहेका नेपलीको उद्दारका लागि तयारी पुरा भएको जनाएको छ । अब ल्याएर कहाा राख्ने भन्ने विषयको टुंगो लगाउन मात्रै बाकी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्