बैतडीमा केशव क्षेत्रीको घरमा आगलागी

काठमाडौ । बैतडीस्थित दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ ।
दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुँदा रु ५५ हजार नगदसहित जलेर रु १ लाख ५५ हजारभन्दा बढीको क्षति भएको प्रहरी सहायक निरीक्षक राजबहादुर पालीले जानकारी दिनुभयो ।

आगोलागीका कारण विद्युत् तार सर्ट भएको र आगलागीबाट घरभित्र रहेका नगदसहित जिन्सी सामानहरु लुगा, कपडा, मोबाइल सेट, रेडियो, खटिया, सोफा, टेबुल, दराज जलेर नष्ट भएको हो । उक्त घटनाकोे मुचुल्का तयार गरेको र आज जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी चौकी देहिमाडौँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्