नेपाललाई झट्का, कप्तान ज्ञानेन्द्र र पारस आउट

काठमाडौं , माघ २२ । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्कम एकदिवसीय सिरिजमा नेपालले खराब सुरुवात गरेको छ ।  अहिले नेपाल र ओमानबीच त्रिवि क्रिकेट मैदानमा एक दिवसीय क्रिकेट खेल भइरहेको छ। जारी खेलमा नेपाललाई झट्का लागेको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन्।

कप्तान ज्ञानेन्द्र १ रनमा क्याच आउट भए भने पारस ३ रनमा पेभिलियन फर्किएका हुन्। ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि याो ठुलो झट्का हो।

अहिले नेपालले ५ ओभरको समाप्तमा २ विकेट गुमाउँदै ४ रन मात्र जोडेको छ भने क्रिजमा उपकप्तान दिपेन्द्रसिंह ऐरी र शरद भेषावकर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्