सिद्धाथ बैंकले ल्यायो एकै दिन दुई शाखा सञ्चमलनमा

काठमाडौं, माघ २१ । सिद्धार्थ बैंकले नेपालगञ्जमा एकै दिन दुई वटा शाखा विस्तार गरी संचालनमा ल्याएको छ । मंगलबार न्यूरोड र वीपीचोकमा सञ्चालनमा ल्याएको शाखासहित सिद्धार्थको नेपालगञ्जमा तीन वटा शाखा भएको छ भने जिल्लाभरीमा पाँच वटा पुगेको छ ।

नेपालगञ्जमा खुलेको नयाँ शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा, सिद्धार्थका वरिष्ठ नायव महाप्रवन्धक शेर, ५ नम्बर प्रदेश प्रमुख उपेन्द्र गड्तौलाले उद्घाटन गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाले सिद्धार्थ जनताको विश्वासिलो बैंक भएकाले पालिकाहरुसँग समन्वय गरेर दुर्गम गाउँहरुमा पुग्न सुझाव दिइन् । उनले बैंकहरुले सामाजिक उत्तरदायित्वमा जोड दिन आग्रह गरिन् ।

सिद्धार्थ बैंकका वरिष्ठ नायव महाप्रवन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा १ सय ८० वटा शाखा छन् । बैैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरेको छ । ५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर सात अर्ब बढी लगानी गरेको छ । वरिष्ठ नायव महाप्रवन्धक बुढाथोकीले ५ नम्बर प्रदेशमा निक्षेप संकलन भन्दा लगानी बढी गरेको बताए ।

राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक सापकोटाले राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार उत्पादनशील र सहुलियत कर्जामा विशेष ध्यान दिन आग्रह गरे । बैंकले न्यूरोडमा मनोजकुमार तिवारी र वीपीचोक शाखामा लोकविक्रम थापालाई प्रमुख बनाएर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्