कृषि विकास बैंकको नाफा २१% ले बढ्यो, नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं, २१ माघ । कृषि विकास बैंक लिमिटेको दोस्रो त्रैमासमा नाफा २२.८० प्रतिशतले बढेर एक अर्ब ५८ करोड रुपैयाँ नाघेको छ । बैंकले साढे ६ अर्बले ब्यापार बढाएर नाफा बृद्धि गरेको हो ।

बैंकले प्रकाशन गरेको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार ब्याज खर्च २० प्रतिशतले बढ्दा ब्याज आम्दानी भने करिव ६ प्रतिशतले मात्र बढेको छ । एक वर्षको अवधिमा बैंकले निक्षेप ८ अर्ब ३३ करोडले बढाएको थियो ।

बैंकसँग अहिले कुल निक्षेप १ खर्ब २७ अर्ब पुगेको छ भने ऋण लगानी एक खर्ब १५ अर्ब रुपैयाँ पुगेकोछ । बैंकको खराब कर्जा घट्न थालेको छ । बैंकको आधार दर पनि घटेको छ । बैंकको खराब ऋण साढे ४ प्रतिशतबाट ३.९१ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेड पनि ६.७३ प्रतिशतबाट ५.२९ प्रतिशतमा आएको छ । त्यस्तै आधार दर ११.१५ बाट १०.१७ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्