चीनमा नेपाली आरामसँग बस्नुभएको छ,, ‘अहिले आत्तिनुपर्ने अवस्था छैन’ : प्रधानमन्त्री

काठमाडौं, माघ १९ । चीनको वुहानमा फैलिएको कोरोनाभाइरसबाट मानिसहरूको मृत्यु भइरहेको र नेपालीलाई उद्धार गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले चीनमा रहेका नेपाली आरामसँग बसिरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपालीहरूलाई आरामसँग राखेकोले आत्तिनु नपर्ने बताए ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले भने ‘नेपाली विद्यार्थी र अरू नेपालीलाई चीनले फरक ठाउँमा राखेको छ। उहाँहरू आरामसँग बस्नुभएको छ,, ‘अहिले आत्तिनुपर्ने अवस्था छैन।’आवश्यक परेमा चीनमा रहेका नेपालीहरूको उद्धार गरिने बताउँदै प्रधानमन्त्री ओलीले ‘आवश्यक परेमा सरकारले उद्धार गर्छ,’।चीनमा फैलिएको कोरोनाभाइरस संक्रमण अहिलेसम्म प्रमाणित रूपमा नेपालमा नदेखिएको प्रधानमन्त्रीले जनाकारी गराए ।
‘हामी त्रसित होइन, कोरोनाभाइरसबाट हामी सचेत हुनुपर्ने अवस्था छ,’ प्रधानमन्त्री ओलीले भने। उनले भिडभाडमा जाँदा मास्क लगाएर हिड्न, साबुनपानीले हात धुने बानी गर्न पनि आग्रह गरेका छन्।
‘सरकारले काम गरिरहेको छ। स्वास्थ्य मन्त्रालय, रेडक्रसलगायत संस्थाले काम गरिरहेका छन्। सजकता र चेतना जगाउने कार्यक्रम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

साथै आलीले कोरोनाभाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले काम गरिरहेको पनि उल्लेख गरे । यता सरकारले चीनमा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी अवस्थामा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्