वाम गठबन्धनले राष्ट्रिय सभामा सिट बाँडफाँट टुङ्ग्याए

काठमाडौं ।  निर्वाचनमार्फत पहिलो दल बनेको नेकपा एमाले एमाले र तेस्रो दल बनेको नेकपा माओवादी माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । एमाले र माओवादीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन गरेका थिए । दुई दल एकताको तयारीमा समेत छन् ।

सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको छन् । दुई दलको ६ सदस्यीय कार्यदलले एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति गरेको हो ।

कार्यदलको बुधबार बसेको बैठकपछि नेता सुवास नेम्वाङले दुई दलले ४३ सिटमा साझा उम्मेदवारी दिने र १३ सिटमा साना दलसँग सहमति गर्ने गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदन दुवै पार्टीका शीर्ष नेता सम्मिलित पार्टी उकता संयोजन समितिसमक्ष पेश गरिने भएको छ ।

प्रतिवेदनमा उम्मेदवार चयनका लागि खुला, महिला, दलित र अल्पसंख्याक वा अपांगता भएका व्यक्तिको क्लष्टर अनुसार नै कहाँबाट कुन दलले कति उम्मेदवारी दिने भनी टुंग्याइएको नेता नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्