कोरोना भाइरस: चीनबाट एक सय ७० जना नेपाल फर्कदै, फिलिपिन्समा एकको मृत्यु

काठमाडौं , माघ १९ । कोरोना भाइरसको प्रकोप फैलिएसँगै सरकारले चीनमा भएका नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी पुरा गरेको छ । जस अन्तर्गत चीनको हुवेई प्रान्तबाट नेपाल फर्कन एक सय ७० जनाले बेइजिङस्थित नेपाली दतावासमा फारम भरेका छन् ।

आइतबार बिहानसम्म समय तोकेर दुतावसले फारम संकलन गरेको थियो ।नेपालले विस्तृत उडान विवरण पठाएपछि उनीहरुलाई ल्याउन सुरु गरिने नेपाली दुतावासका उपनियोग प्रमुख सुशिल लम्सालले बताए ।

चीनबाट आइतबार मात्र भारतले सात माल्दिभ्सका र तीन सय २३ भारतीय नागरिकको उद्दार गरेको छ ।कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ ।

विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्