‘ए’ डिभिजन लिगमा थ्रीस्टारको सानदार जित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरको थ्रीस्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हराएको हो ।
जारी लिगमा सन्जोग राईले पहिलो ह्याट्रिक गरे । सन्जोगले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । म्यान अफ दी म्याच भएका सन्जोगले १० हजार रुपैयाँ पुरस्कार पाए ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गरेको थियो । भारतीय खेलाडी लाल रामवाले ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थ्रीस्टारले १० खेलबाट १७ अंक बनाएको छ । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्