सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?

काठमाडौं । सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ।

मन्त्रिपरिषदको बुधबारको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको हो ।

यस्तै प्रदेश प्रमुखमा प्रदेश नम्बर १ को प्रमुखमा डाक्टर गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइरालालाई सरकारले प्रमुखमा नियुक्त गरेको छ ।

यस्तै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्