टी-२० सिरिजः भारत र न्युजिल्यान्डबीच फेरि स्कोर बराबर
काठमाडौं, माघ १७ । पाँच खेलको टी २० सिरिजमा न्युजिल्यान्ड र भारतबीचको लगातार २ खेलमा स्कोर बराबरी भएको छ ।
शुक्रबार वेलिङटनमा भएको चौथो खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६५ रन जोडेको थियो । यस्तै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले पनि ७ विकेटको क्षतिमा १६५ रन नै जोड्न सफल भयो ।
न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो भने ७ विकेट हातमा थियो। तर न्युजिल्यान्डले अन्तिम ओभरमा ४ विकेट गुमाउदा ६ रन मात्र जोड्दा स्कोर बराबर हुन पुग्यो ।
त्यसपछि भएको सुपर ओभरमा भारतले जित हात पार्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १ विकेटको क्षतिमा १३ रन जोड्यो। भारतले पाँच बलमै लक्ष्य पूरा गर्यो ।
जितसँगै भारतले लगातार चार खेलमा जित हात पारेको छ। यसअघि भारतले स्कोर बराबरी भएको तेस्रो खेल सुपर ओभरमा जितेर सिरिज कब्जा आफ्नो हातमा लीसकेको छ ।
प्रतिक्रिया दिनुहोस्