‘प्रदेशको नामकरण आगामी अधिवेशनले टुङ्ग्याउँछ’

काठमाडौं , माघ १७ । प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउँने बताउनुभएको छ ।सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उहाँले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दावी भर्नुभयो ।

समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धतासमेत जनाउनुभयो । छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझवप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताउनुभयो ।

राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको थियो । सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आपूm यो ठाउँमा पुग्नुमा सम्वाद समूहको पनि ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सीपलाई प्रदेशसभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफूपदमा रहँदा पदिय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुभयो ।

छलफल तथा सम्मान कार्यक्रममा युवा नेता तथा महिला नेतृ सीपी कडरिया, सरु न्यौपाने, अधिवक्ता कविता शर्मा, गौरीमान फागो, पुष्पा लिम्बू, राधा सुब्बा, पार्वता विमली, नवीन ढुङ्गाना, सीता वस्नेत, प्रशान्त भण्डारीलगायतले सम्वन्धित विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्