वसन्त पञ्चमीमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रसाद ग्रहण
काठमाडौं, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरुले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला, फूल, प्रसाद ग्रहण गर्नुभएको छ ।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा आज प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा तथा सभामुख अग्नि प्रसाद सापकोटालगायत समेत उक्त अवसरमा उपस्थिति जनाउनु भएर मनाउनु भएको थियो ।
नेपालमा परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरुबाट वसन्त श्रवण मनाउने परम्परा चलीआएको हुनाले यो परम्परालाई मान्यता दिएर मनाइएको हो ।
उक्त परम्पराको अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेर कार्यक्रम मनाउनु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्