नेसनल माइक्रोफाइनान्सको नाफा ६१.६८% ले वृद्धि

काठमाडौं, १६ माघ । नेसनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ९ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको यहि अवधिमा भन्दा ६१.६८% ले बढी हो । गत वर्ष यसै अवधिमा नेसनलले ५ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६३.७२५% तथा ६३.३१% ले बढेको छ ।

वित्तिय संस्थाले गत वर्ष ११ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा अहिले बढाएर १८ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ८ करोड ९९ लाख रुपैयाँबाट बढाएर भएर १४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यसले १ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ९३ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

धादिङ जिल्लामा केन्द्रीय कार्यालय रहेको नेसनल माइक्रोफाइनान्सको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २२ करोड ५१ लाख रुपैयाँ जम्मा छ । कम्पनीको खराब कर्जा भने गत वर्ष भन्दा बढेर १।७६% पुगेको छ । यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ७० रुपैयाँ २९ पैसा (वार्षिक) रहेको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्