सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा भयो सूचीकृत
काठमाडौं , माघ १५ । सनराइज बैंकको ३० लाख इकाई (कित्ता) ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘सनराइज बैंक डिबेन्चर २०८३’ सूचीकरण भएको हो । बैंकले गत कात्तिक २० गतेबाट मंसिर १९ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।
सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । बाँकी १८ लाख इकाई भने संघसंस्थालाई बिक्री गरिएको थियो । यस ऋणपत्रमा वार्षिक ब्याजदर १०.२५५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्