शिखर इन्सुरेन्सले पायो ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं , माघ १५ । शिखर इन्सुरेन्सलाई ३०प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति मिलेको छ । बोर्डले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०५ हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्