सारथि लघुवित्तको नाफा ३ करोड ११ लाख
काठमाडौं , माघ १५ । चालू आवको दोस्रो त्रैमासमा सारथि लघुवित्त वित्तीय संस्थाले रू. ३ करोड ११ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा ७ गुणाले वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू.४३ लाख १२ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड १४ लाख खराब कर्जा उठाउन कम्पनी व्यबस्थापन सफल भएकाले र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
दोस्रो त्रैमासमा कम्पनीले रू.३४ करोड ३७ लाख निक्षेप संकलन भएको छ भने रू.१ अर्ब २८ करोड कर्जा प्रवाह गरेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ११ करोड ४ लाख छ । रिजर्भ कोषमा रू.४ करोड ६२ लाख छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्