चीनमा कोराना भाइरसको अवस्था भयावहः मृत्यु हुनेको संख्या १३२ पुग्यो
काठमाडौं, माघ १५ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट चीनको अवस्था यतिबेला निकै नाजुक बनेको छ । भाइरसले त्यहाँको अवस्था नै भयावह रहेको छ । बेइजिङः चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करीब १३२ पुगीसकेको छ ।
यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या करीब ६ हजार पुगेको अधिकारीहरुले जनाएको छ । चीन बाहिरको १७ ठाउँमा उक्त भाइरस सम्बन्धि ७० भन्दा बढी घटना देखिएको पुष्टि भएको छ । चिनियाँ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चिनियाँ नँयावर्षको बिदा अझै थप गर्ने घोषणा पनि गरेको छ।
यता चीनका राष्ट्रपति सि जिन्पिङले कोरोना भाइरस तीव्र गतिमा फैलिएको कारण सावधानी अपानाउन चेतावनी दिएका छन् । चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरस पहिलेको तुलनामा अझै छिटो फैलिरहेको छ ।
सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य आवतजावत हुने स्थानमा निगरानी बढाएको र सर्तकता अपनाउन आह्वान गरेको छ । भाइरस संक्रमणको प्रकोप चीनमामा मात्र कम्तीमा २५ प्रान्तमा फैलिएको छ । यस बाहेक अन्य १८ सहरमा यातायात विस्तार बन्द गरिएको छ ।
चिनियाँ अधिकारीहरुले यो नँया भाइरस मान्छेबाट मान्छेमा सर्ने तथा श्वासप्रश्वासमा संक्रमण गराउने पुष्टि पनि गरेका छन् ।
रुघा खोकीबाट सुरु
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको लक्षण रुघा खोकीबाट सुरु हुन्छ । उक्त नँया भाइर मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरुको ठूलो समूहको एक सदस्य हो । यसका साथै चीनमा छिट्टै अन्तराष्ट्रिय विज्ञ पठाउने विषयमा चीनले सहमति पनि जनाएको छ ।
नेपालमा पनि विषेश निगरानी
यता नेपालमा पनि यसको रोकथामका लागि सरकारले विषेश निगरानी बढाएको छ । भने नाका तथा विमानस्थलमा कडाइ गरेको छ । उता रसुवागढी नाका आजदेखि १५ दिन सम्मका लागि बन्द गरिएको छ । साथै यो रोगको शंका लागेका व्यक्तिको परिक्षण समेत थालेको छ । त्यति डराइहाल्नु पर्ने अवस्था छै न तर सावधानी अपनाउन भने चिकीत्सकले सुझाव दिएकखा छन् ।
प्रतिक्रिया दिनुहोस्