भारतसँग ‘लिम्पियाधुरा नेपालको हो’ भन्न सक्ने यो सरकारमात्र हो: प्रधानमन्त्री ओली

काठमाडौं, माघ १५ । प्रधामन्त्री केपी शर्मा ओलीले यो सरकार भारतसँग लिम्पियाधुरा हाम्रो हो भन्न सक्ने पहिलो सरकार भएको दाबि गरेका छन् । बुधबारबाट काठमाडौंमा आयोजित पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा उनले यस्तो दाबि गरेका हुन् ।

सरकारले गरेका राम्रा कामको कसैले समीक्षा नगरी सरकारलाई बारम्बार आक्रमण गरेको उनले बताए । भारतसँग सीमा विवादका लागि भारत सरकारलाई पत्राचार गरेर यो सरकारले ऐतिहासिक काम गरेको र कूटनीतिक पहलमार्फत विवाद समाधान गरिने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।

सिके राउतहरुलाई मूलधारको राजनीतिमा ल्याइएको छ । टावर भत्काउने र बम पड्काउनेहरुलाई कारबाही गरेका छौं । जनताले सेवा महसुस गर्ने गरि सडक र पुल बनाएका छौं, ओलीले भने, ‘तर सरकारलाई एकोहोरो आक्रमण भइरहेको छ । हामी यसलाई युद्ध भन्दैनौं । युद्ध दुईतर्फी हुन्छ । तर, सरकारले एकोहोरो आक्रमण बेहोरिरहेको छ।’

प्रधानमन्त्री ओलीले भने साथै उनले मङ्गलबार संसदमा कोरोना भाइरसले भ्रमण वर्षको सुरुवातमा केही धक्का दिएको बताएको स्पष्ट पारेका छन् । ‘मैले भ्रमण वर्षको सुरुमा कोरोना भाइरसले केही धक्का दिएको बताएको थिएँ तर अरुले के बुझेर त्यसको अरु नै व्याख्या गरे,’ ।

प्रतिक्रिया दिनुहोस्