अपराधिक समूह र प्रहरीबीच गोली हानाहान, एक जना घाइते

काठमाडौं, माघ १५ । रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको छ । गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन्। भारतको मोतिहारी जिल्ला बारफरीद ग्राम पन्चायत ६ का २१ वर्षीय चाँदअली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मंगलबार राती साढे १२ बजे रौतहटको इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा अपराधिक समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

अपराधिक समूहले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफीफायर गर्दा एकजना घाइते भएको बताइएको हो।

चाँद अलीको खुट्टामा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र एउटा गोलीको खोका बरामद गरेको छ ।रौतहट तथा भारतका विभिन्न स्थानमा अपराधिक गतिविधि गर्दै आएका चादअलीलाई पक्राउ गरिएको र अन्य दुईजना भारत तर्फ भागेको रौतहटका एसपी रजिराज खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्