सुर्खेत तनावग्रस्त : प्रहरीद्वारा हवाई फायर, ८ जना घाइते
काठमाडौं, माघ १४ । वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि यति बेला तनावग्रस्त बनेको छ । साथै चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ’कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६स्३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो।
सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो। सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ।
कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ। यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।















प्रतिक्रिया दिनुहोस्