संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख
काठमाडौं, माघ १४ । भर्खेरै नवनिर्वाचि भएका सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनितिसभाको संसद चलाउँदै सभामुख सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका हुन् ।
साथै उनले प्रतिनिधिसभाको आजको बैठकमा आफू सभामुख पदमा निर्वा्चित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे ।
उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । यसैगरी प्रतिनिधिसभाको आजको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ ।
बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो भने सो प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ ।
अध्यक्षता गर्ने सदस्यहरुमा उमाशङ्कर अरर्ग्रिया, चन्द्रकान्ता चौधरी, डा डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।














प्रतिक्रिया दिनुहोस्