४ हजार धरौटीमा रिहा भइन् गायिका आस्था राउत

काठमाडौं, माघ १४ । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन् । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन् ।

जिल्ला प्रशासन कार्यालयले राउतसँग अभद्र व्यवहार मुद्दामा ४ हजार धरौटी माग गर्ने आदेश गरेको थियो ।

सोमबार परिवारको साथमा महानगरिय प्रहरी परिसर टेकु पुगेकी आस्थालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् । राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ परिनन् । तर सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्