एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं , माघ १४ । एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले पछिल्लो विशेष साधारणसभाबाट पारित भएको साधारण सेयरहरुमा १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद जारी गर्न लागेको हो ।
सो प्रयोजनको लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ ।
सो मात्राको हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । माघ १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्