‘अनावश्यक बसह नगरौं , बरु संसदबाट एमसीसीलाई पारित गर्न ढिलाइ गर्न हुँदैन’

काठमाडौँ , माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् । दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।

संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी अलिकति विलम्बमा भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं,’ ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’ उनले भने ।

विकास, विज्ञान–प्रविधि, भौतिक पूर्वाधारजस्ता विषयमा विश्व तीव्र गतिमा अगाडि बढेको जिकिर गर्दै यो तीव्र गतिलाई पक्डन नसके हामी पछाडि परिने प्रधानमन्त्रीको भनाइ रहेको थियो । उनले विकासको दिशामा देशलाई अगाडि बढाउने कामको नेतृत्व अहिलेको सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले देश अहिले राजनीतिक आन्दोलनको चरण पार गरेर विकासको चरणमा प्रवेश गरेको उल्लेख गरे । अबको एजेन्डा सुशासन र विकास हुनुपर्ने बताउँदै यसमा सबै दल एकताबद्ध अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
साथै उनले अब हाम्रो एजेन्डा सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी रहेको औंल्याउँदै यसमा निष्ठापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले हाम्रो संसदले प्रभावकारी ढंगले अगाडि बढाउने गम्भीर अभिभारा आएको बताउँदै नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई कार्यकालको सफलताको शुभकामना दिए ।

यता अहिले विवाद र बहसमा रहेको विषय हो एमसीसी, यसको विरोधमा प्रर्दशन तथा खान्दोल भइरहेका छन् । यो संसदबातट पारित हुँनुहँदैन भन्ने पनि छन् भने किपय हुनु पर्छ भन्ने पक्षमा समेत रहेका छन् । नेकपाका केहि शिर्षनेताको समेत यसमा आपत्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्