ए डिभिजन लिग : सरस्वती युवा क्लबको पहिलो जित

काठमाण्डौ , माघ १४ । शहीद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले पहिलो जित हात पारेको छ ।

एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा उसले जित आफ्नो पक्षमा पार्न सफल भएको हो । रेलिगशेन जोनमा रहेको सरस्वतीले हिमालयन शेर्पामाथि ४–३ गोल अन्तरको जित हात पार्यो । पाचौँ मिनेटमा सरस्वतीले कजीम बुसारीको गोलमा अग्रता लिएको थियो ।

जारी लिगमा यो सर्वा्धिक गोल भएको खेल हो । जितसँगै रेलिगेशन जोनमा रहेको सरस्वतीले चार अंक जोडेको छ । उसले यसअघि सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै एक अंक जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्