प्रतिनिधि सभाको बैठक शुरु

काठमाडौं–, माघ १४ । अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक शुरु भएको छ । बैठकको शुरुवातमै सभामुख सापकोटाले संघीय संसदका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वा्चित सभामुख अग्नि सापकोटालाई आफ्नो तथा सरकारको तर्फबाट पूर्ण सहयोग रहेने बताएका छन् ।

नयाँ सभामुख निर्वा्चित मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्वा्चित सभामुख सापकोटालाई सभा सञ्चालनका लागि आफ्ना तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् ।

नवनिर्वा्चित सभामुख सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यहाँले संविधानको रक्षा गर्न र संविधानको मर्मअनुसार बैठक सञ्चालन गर्नुहुने हाम्रो अपेक्षा छ, सभा सञ्चालका लागि पूर्ण सहयोग, सकारात्मक सहयोग रहने छ ।’

अहिले बैठक जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्