अजिता भुजेल र तेस्रो लिङ्गीले न्याय कहिले पाउँछ ?

ललिता कुमारी गोले : काठमाण्डौँ माघ १३ गते । निल हिरा समाजले तेस्रो लिङ्गी २९ वर्षीय अजिता भुजेलको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । समाजले रिपोर्टस क्लबमा सोमबार पत्रकार सम्मेलन गरी शनिबार हेटौँडा स्थित क्यापडाँडामा हत्या गरी फ्याकीएको अवस्थामा सव फेला परेका अजीता भुजेलका हत्यारालाई कारवाही गर्न माग गरेका हुन् ।
। कार्यक्रममा समकाजले तेस्रो लिङ्गी माथि भएको अन्याय, अत्याचार लगायत लैङ्गिक अल्पसंख्यकलाई राज्यले विभेद गरेको भन्दै न्याय कहिले पाउछौँ भनि प्रश्न गरेका थिए ।
तेस्रो लिङ्गको हक र अधिकारको बारेमा आवाज उठाउदैँ आएको निल हिरा समाजले समुदायको विभद छदै छ, राज्यले समेत विभेद गरेकाले राज्य नै समाजको वर्खिलापमा भएको जनाए । संबिधानको धारा १२ मा पहिचानको अधिकार, धारा १८ समान हक र धारा ४२ मा समाजिक न्यायका लागि सुनौला अक्षरले त लेखे तर तेस्रो लिङ्गीको हक र अधिकार भने व्यहारमा नल्याएको भन्दै आवाज उठाउँदै आपत्ति प्रकट गरे ।
कार्यक्रममा निल हिरा समाजको अध्यक्ष पिङकी गुरुङले भने, “महिला हुँदा कति पीडा भयो, भनेर हामीले सोच्छौँ तर तेस्रो लिङ्गगीको पीडामा चै नत परिवारले नत राज्यले नै सोच्ने गरेको छ । ” तेस्रो लिङ्गगी माथि अन्याय हुँदा , हत्या हुँदा यदि परिवारले ध्यान नदीदा राज्यको पनि आफ्नो निलएको भन्नै उनले यो घटना के कारणले घट्टो, कसरी घट्यो यसमाथि किन अन्याय भयो, एउटा मान्छेको बाँच्ने मानव अधिकार किन हनन भयो भनेर उक्त घटनाको खोज अनुसन्धान राज्इ पनि चुकेको आरोप लगाए ।
संविधानको धारा ४२ अन्तर्गत समानुपात समावेशी सिद्धान्तका आधारमा राज्यले हरेक निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेश गर्दै लैजाने भनेता पनि आजको मितिसम्म यो व्यवहारमा लागु र कार्यनवयन हुन सकेको छैन उनले भने, नेपालको विभिन्न जात, लिङ्ग, र क्षेत्रका सीमान्तकृत वर्गहरुलाई विभिन्न क्षेत्रमा आरक्षणको व्यवस्था गरिएको छ, तर तेस्रो लिंङ्गी संविधानले प्रदान गरेको अधिकार अझै पाउन सकेका छैनौ । हाम्रो शैक्षिक अधिकार, हाम्रो आर्थिक अधिकार र हाम्रो राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार र मानव अधिकार कहाँ छ ? अन्य मानिसको हक,अधिकार, न्याय र घटनाप्रति जसरी राज्यको ध्यान र महत्व दिइन्छ त्यसरी नै हामी तेस्रो लिङ्ग प्रति किन कर्तब्य पुरा गर्न हिचकीचाई रहका छन् उनले राज्यलाइ पश्न गरे । हामीलाई विभेद गर्नु हेर्ने दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्