मिडिया काउन्सिल विधेयकमा सहमति
काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो ।
सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्ने व्यवस्थालाई दण्ड सजाय हटाउने सहमति जुटेको हो । यसको नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गर्दै आउनु भएको थियो ।
समितिका सभापति परशुराम मेघी घुरुङका अनुसार विधेयकमा मिडिया काउन्सिलले सिफारिस गर्न सक्ने मात्र व्यवस्था रहनेछ । यो विधेयक सोमबार नै समितिबाट पारित गर्ने तयारी छ । यसले आम सञ्चारलाई केहि रहत हुने छ ।














प्रतिक्रिया दिनुहोस्