गोसाइँकुण्ड गएका दुई जना मृत अवस्थामा फेला

काठमाडौं, १३ माघ । गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका दुई जना मृत भेटिएका छन् । गएको माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका १ हेलम्बुका १७ वर्षी वाङ्गेल शेर्पा र काठमाडाँैको गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षी जापान तामाङको शव मृत अवस्थामा फेला परेको हो ।

गएको पुस २८ गते गोसाइँकुण्ड जान भनेर हिँडेका उनीहरू हिमपात भएपछि माघ ३ गतेसम्म नुवाकोटको घ्याङफेदीको एउटा होटलमा बसेका थिए । बाक्लो हिउँ जमेपछि गोसाइँकुण्ड जान नसकिने भन्दै उनीहरू काठमाडौँतर्फ फर्किएका थिए ।

काठमाण्डौ फर्कने क्रममा उनीहरु बीचैमा हिउँमा फसेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बाटोमा हिँड्दै गर्दा चिप्लिएर खोचमा परेपछि उनीहरु माथि आउन नसकेको र हिउँमा पुरिएको ज्यान गुमाएको हुन सक्कन् अनुमान गरिएको छ ।
स्थानीयले सोमबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्