सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण  

काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित सम्माननीय तथा माननीयहरुको उपस्थिति रहेका थिए ।

सपकोटाको सपथ ग्रहणसँगै प्रतिनिधिसभाले ४ महिना लामो रिक्तता अन्त्य भएबको छ । आइतबार बसेको प्रतिनिििध सभाले सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सभामुख सापकोटाले सबैलाई न्याय हुनेगरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिसकेका छन् । योसँगै अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्