लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं, १३ माघ । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न २०२ औं बैंठकले १०.२३७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ९.७५ प्रतिशत अर्थात ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.४८७५ प्रतिशत ४२ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भए पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीले प्रस्ताव गरेको उक्त बोनस शेयर वितरण गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी ९६ करोड ९१ लाख रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्