शहीद स्मारक ए डिभिजन लिगः नवौं चरणका खेलहरु सुरु हुँदै, पुलिस र एपीएफ र मच्छिन्द्र र थ्री स्टार भिड्दै

काठमाण्डौ, १३ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबारदेखि नवौं चरणका खेलहरु सुरु हुँदैछ ।

आठौं चरणसम्मको खेल सकिँदा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा शीर्ष सातमा रहने टिमसँग ५ अंकको मात्रै फरक रहेकाले ए डिभिजन लिगको उपाधि होड पनि खुला जस्तै छ ।

दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच एक अंकको मात्रै अग्रता रहेकाले ए डिभिजन लिगको उपाधि जित्नका लागि शीर्ष तीनभित्र रहेका टिमलाई बाँकी रहेका पाँच–पाँच खेलको प्रभाव पार्ने छ । मच्छिन्द्र र मनाङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

लिगअन्तर्गत सोमबार नेपाल पुलिस र एपीएफ खेल्दै छन् । पुलिस ११ अंकसहित आठौँ स्थानमा छ । पुलिसले तीन खेलमा जीत र दुई खेलमा बराबरी रहेका छन् ।

१३औँ स्थानमा रहेको एपीएफले अहिलेसम्म एक पटक जीत निकालेको छ भने दुई खेलमा बराबरी गरेको छ । पुलिस र एपीएफबीचको खेल मध्याह्न १२ बजे दशरथ रङ्गशालामा हुने छ ।

यस्तै दोस्रो खेलमा मच्छिन्द्र र थ्री स्टार प्रतिस्पर्धा गर्दैछन् । मच्छिन्द्रले यो सिजनको लिगमा एक खेलमा मात्रै पराजय भोगेको छ । गएको संस्करणमा पछिबाट दोस्रो स्थानमा रहेकाले यस वर्ष एक अंकघटाउँदा उसको पाँच खेलमा जीत र दुई खेलमा बराबरीले १६ अंक छ ।

यसैगरी १४ अङ्क जोडेको थ्री स्टार पनि मच्छिन्द्रविरुद्ध जीतसहित शीर्ष स्थानको आर्मीसँग अङ्क बराबरी गर्ने लक्ष्यमा हुने छ । मच्छिन्द्र र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । आजको खेलको प्रदर्शनले कसको परिणाम कति आउँछ त्यसले जितको निर्धारण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्